मोरङमा महिला जनप्रतिनिधीकै घरमा महिला माथि आक्रमण

केराबारी । मोरङको केराबारी गाउपालिकामा जनप्रतिनिधिकै बुहारी आफ्नै परिवारअबाट कुटिएपछी अह्ले आलोचना भईरहेको छ । केराबारी १० कि दलित महिला सदस्य धनमाया विश्वकर्माकी बुहारी विन्दा विकलाई आफ्नै परिवारले मरणासन्न हुने गरी आक्रमण गरेपछि अहिले अस्पतालको आइसियुमा भर्ना भएकी छन् ।

११ वर्ष अघी सपन विकसँग प्रेम सम्बन्धमार्फत विहे गरेकी विन्दाले श्रीमानको पटका पटक कुटाई खाँदै आएकी थिईन । एक छोरा र एक छोरी रहेका बिन्दालाई श्रीमान्ले पटकपटक शारीरिक र मानसिक यातना दिँदै आएको छिमेकी प्रेम ठकुरीले जनाए । पटकपटक यस्ता घटना हुने गरेका कारण स्थाीयले प्रहरी चौकीमा, स्थानीय निकाय र बुद्धिजीवी सहितको समाजमा राखेर मेलमिलाप गराए पनि पुनः घटना घटेको उनले बताए ।

घरमा बस्न नदिएका कारण माइतीमा बस्दै आएकी उनी शुक्रबारमात्रै छोराछोरीको आग्रहमा घर पुगेकी थिइन् ।