नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । पछिल्लो पटक मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । मृत्यु हुनेमा डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षिय पुरुष र धनगढी ४ की ५५ वर्षिया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएको छ ।