थप ३२३ कोरोना सङ्क्रमित, कुल सङ्ख्या ३२३५ पुग्याे

नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले २ सय ८६ पुरुष र ३७ जना महिला सहित थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

त्यसैगरी, आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।