आज राती डिभिको नतिजा सार्वजनिक हुदै

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा आज (शनिबार) सार्वजनिक हुँदैछ ।

अमेरिकी दूतावासका अनुसार आज राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशीत गरिने छ । ५ मे मा हुने भनिएको छनोट कार्यक्रम कोरोना महामारीका कारण ६ जुनमा सारिएको थियो । अन्तर्वार्ता भने १ अक्टोबरमा नै हुने दूतावासले जनाएको छ ।

नतिजा थाहा पाउन डिभी भर्दा प्राप्त भएको कन्फर्मेसन नम्बर प्रयोग गरि https://dvprogram.state.gov यो लिंकमा हेर्न सकिन्छ ।