झापामा क्वारेन्टाइनबाट घर पठाइएका तीन युवामा कोरोना

झापा । झापामा क्वारेन्टाइनबाट घर पठाइएका तीन युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु भद्रपुर–१० मा रहेको क्वारेन्टाइनमा बस्दै आएका थिए । तर, पिसिआर रिपोर्ट नेगेटिभ आउनुअघि नै उनीहरुलाई घर पठाइएको थियो ।

क्वारेन्टाइन व्यवस्थापनले उनीहरुलाई घर पठाएपछि बुधबार साँझ उनीहरु घर पुगेका थिए । उनीहरुलाई भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठले नै आफ्नो गाडीमा घर पुर्याएका थिए ।

तर, बिहीबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

रिपोर्ट पोजेटिभ आएपछि उनीहरु तीनै जनालाई फेरि क्वारेन्टाइनमा बोलाइएको छ । भद्रपुर र कचनकवल गाउँपालिकाका उनीहरु केही दिनअघि मात्र भारतबाट आएका थिए ।