बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं १ गाइघाट स्थित लोहन्द्रा खोलाको डिल छेउको घारीमा वेवारिसे अवस्थामा मानव कंकाल भेट्टिएको छ ।
मानव कंकाल भेट्टिएको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मुचुल्का उठाएर उक्त मानव कंकाललाई पोर्ष्टमाटम गर्नको लागि घोपा क्याम्प धरान पठाइएको बेलबारी प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार मानव कंकालको छेउमा निलो रंघको घुडामा दुलो भएको जिन्सको ग्रन्च पेन्ट, कलरमा सेतो धर्का भएको भेष्ट भेटिएको छ ।
प्रहरीका अनुसार उक्त मानव कंकाल केराबारीका एक व्यक्तीको रहेको खुलेको छ । मानव कंकालको छेउमा भेटिएको उसले लगाएको लुगा र पोर्ष्टमाटमको आधारमा उक्त मानव कंकालको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
उक्त मानव कंकाल केराबारी ९ बस्ने वर्ष १५ का सुरेन्द्र मगरको रहेको प्रहरीले जनाएको छ । पोर्ष्टमाटम पश्चात पहिचान खुले पछि मगरको शवलाई परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
मगर २०७७ सात जेष्ठ ७ गते देखि हराईरहेका थिए ।