लेटाङमा जनसेवा वनले वृक्षारोपण गरेर वातवरण दिवस मनायो


जेठ २३
४८ औँ विश्व वातावरण दिवसको अवसरमा जनसेवा सामुदायिक वन उपभोक्ता समुह लेटाङको आयोजनामा वृक्षारोपण गरिएको छ । लेटाङ ४ स्थित लेटाङ खोटाङ सेवा समाजको परिषर क्षेत्र भित्र उन्नत जातका रुद्राक्ष,अमला तथा आँपका विरुवा रोपिएको हो । रुद्राक्षका ५० र अमलाका ५० विरुवा रोपिएको जनसेवा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिलराम राईले जानकारी दिनुभएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेटाङ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सन्तोस कार्की, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का सचिव अग्नि पौडेल, सामुदायिक वन उपभोक्ता नगर माहासंघ लेटाङका अधयक्ष आनन्दसागर तिम्सीना,सब डिभिजन वन कार्यालय लेटाङका सहायक वन अधिकृत सत्यानारायन झा, खोटाङ लेटाङ समाज सेवा संस्थाका अध्यक्ष बुद्धी चाम्लीङ राई लगायतको सहभागिता रहेको थियो । जनसेवा वन समुहका अध्यक्ष दिलराम राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।