धरानमा आगलागी हुदा आमा छोरीको जलेर मृत्यु

धरान । धरान -१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार दुई जना आमा र छोरीको जलेर मृत्यु भएको छ । एक जना बोल्न नसक्ने छोरी र आमा आगलागीमा जलेर मृत्यु भएको बताइएको छ ।

आगालागिको कारण खुल्न नसकेको जानकारी दिएका छन् । प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।