नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो

नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वाथ्य मन्त्रालयले पत्रकार सम्मेलनका क्रममा दिएको जानकारी अनुसार बुधबार दोलखाका ७६ वर्षिय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार गत जेठ १५ गते ती पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा रहेका उनको बुधबार मृत्यु भएको हो ।