सुन्दरहरैचामा पनि एक जनामा कोरोना

सुन्दरहरैचा । मोरङमा बिहीबार थप एकजनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा सुन्दरहरैंचा नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेको सुन्दरहरैंचा नगरपालिकाका जनस्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतले जानकारी दिए ।

केही दिनअघि भारतबाट अन्य साथीसँगै आएका उनी प्रदेश सरकारले निर्माण गरेको पूर्वाञ्चल विश्वविद्यालय क्वारेन्टाइनमा रहेको उनले बताए ।

सुन्दरहरैचा नगरपालिकामा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो ।