थप २०१ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २३०० पुग्यो

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २०१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित संख्या दुई हजार तीनसय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा एकलाख ५५ हजार ८६८ रहेका छन् । डिस्चार्ज हुनेमा आज १२ जनासहित कुल २७८ जना पुगेको छ । २२२ जना पुरूष र ५६ जना महिला निकाे भएका छन् ।