सुत्केरी महिलालाई राहत दिदै जिज्ञासु फाउण्डेसन

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको जिज्ञासु फाउण्डेसन सस्थाले सुत्केरी महिलालाई खोजी खोजी उपहार स्वरुप राहत प्रदान गर्दै आएको छ ।

विभिन्न कार्यका लागि नेपालबाट डेनमार्क गएका नेपाली महिलाहरुले स्थापना गरेको क्रीएटिभ नेप्लिज वुमन इन डेनमार्क नामक सस्थाको आर्थिक सहयोगमा सुन्दरहरैचामा स्थापना भएको जिज्ञासु फाउन्डेसन नामक सस्थाको आयोजनामा राहत सामाग्री वितरण गरेको क्रीएटिभ नेप्लिज वुमन इन डेनमार्ककि महासचिव सर्मिला गिरी ( पाण्डे ) ले बताइन ।

फाउण्डेसनले सुन्दरहरैचा नगरपालिका वडा नं १० मा रहेका चार जना विपन्न सुत्केरीलाई उपहार स्वरूप राहत प्रदान गरिएकाे फाउण्डेसनका अध्यक्ष धर्मेन्द्र केशीले बताए ।

उनले वडाको सहयोगमा खोजिएको चार चारजना बाहेक पनि निजी दाता मार्फत सहयाेग जुटाएर अन्य केही विपन्न सुत्केरीहरूलाई राहत व्यवस्थापन गर्दै आएको बताए ।

केही दिन अघी फाउण्डेसनले सुनदरहरैचा नगरपालिका वडा नं १२ का सुत्केरी महिलाहरुलाई राहत वितरण गरेको थियो । राहत वितरण कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नं १० का वडाध्यक्ष राजेश थापा सहित वडा सदस्यहरू नगेन्द्र सुवेदी, राजकुमार राई र उमा गुरूङ, सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरिक्षक सुवाश गिरी लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।