मोरङ क्षेत्र नं ३ मा स्वास्थ्यमन्त्री ढकाले पठाए स्वास्थ्य सामाग्री

मोरङ क्षेत्र नम्बर ३ का स्थानीय तहमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामाग्री पठाएका छन । यो क्षेत्रबाट निर्वाचित भएका मन्त्री ढकालले स्थानीय तहमा कोरोना रोग रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामागी्र पठाएका हुन ।


सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकामा ¥यापिट टेस्टकिट, थर्मलगन, पिपिई, सेनिटाइजर, क्याप, सर्जीकल तथा एन नाइन्टी फाएप मास्क, पन्जा, चस्मा लगायतका सामाग्रीहरु मंगलवार मन्त्रालयका टोलिले बुझाएका छन । मन्त्री ढकालले यस अघि पनि स्वास्थ्य सामाग्रि आफ्नो निर्वाचन क्षेत्रमा पठाएका थिए ।