मोरङ । पछील्लो समय धेरै जसो अपराधीक घटना घर भित्रै बाट हुने गरेको छ । यसको तथ्य प्रमाण लकडाउनको समयमा मोरङमा घटेका विभिन्न अपराधीक घटनाले देखाउदछ ।
यस्तो छ लकडाउनको समयमा मोरङमा घटेका अपराधीक घटना :
घटना १ : ३ जेठ २०७७ मा मोरङको विराटनगरमा औषधी व्यवसायी गर्दै आएका देवीप्रसाद दुलालको श्रीमतीकै योजनामा हत्या भयो । सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनार घर भई विराटनगर महानगरपालिका १० मधुमारा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको शव घरमै फेला परेको थियो ।
उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) ले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङको निश्कर्ष रह्यो । प्रहरीका अनुसार प्रेमीसँगको अवैध यौनसम्बन्ध लुकाउन मीनाले सिराहाको लहान घर भई विराटनगर बस्दै आएका ब्रह्मदेव शाहसँग मिलेर श्रीमानको हत्या गरेकी हुन् ।
घटनामा संलग्न धनराज काफ्ले, हरिमोहन श्रेष्ठ, मीनाकी प्रेमी ब्रम्हदेव शाह सहितको मिलेमतोमा उनको हत्या भयो । प्रहरीको अनुसन्धानका क्रममा उनले शाहसँग आफ्नो यौनसम्बन्ध रहेको र त्यसैको विषयमा झगडा हुँदा शाहसँग मिलेर आँफूले श्रीमानको हत्या गरेको बयान दिएकी थिईन् ।
घटना २ : ३ जेठ २०७७ मै विराटनगरमा आफ्ना दुई छोराहरुले बाबुको हत्या गरे । रोहित चौहान (जेठो छोरा) कामबाट फर्किए ।
त्यत्तिकैमा माइलो नागेन्द्र पनि दाजु र बुवा बस्ने घरमा आइपुगे । ५५ वर्षीय बुवा सिताराम चौहानले घरमा चामल तेल किन्न रोहितसँग केही रकम मागे । त्यतिकैमा रोहितसँग सिताराम (बाबुछोराबीच) विवाद सुरु भयो । विवादले उग्ररूप लिएपछि रक्सीको नसामा रहेका रोहितले सिधै खाट छेउमा रहेको फरुवाले बुवाको टाउकोमा प्रहार गरे ।
बाबुको मृत्यु भएपछि घटनाका बारेमा कसैलाई थाहा नपाउन् भन्नका लागि घरभित्रै खाल्डो खनेर बाबुको शब गाडे । पछि प्रहरीको अनुसन्धानबाट पैसा मागेको निहुमा बाबुको हत्या भएको खुल्यो । अहिले दुई दाजुभाईलाई नै प्रहरीले बाबुको हत्यामा संलग्न कर्तव्य ज्यान मुद्दा चलाइसकेको छ ।
घटना ३ : १५ जेठ २०७७ मा मोरङको बेलबारीमा आफ्नै आमाको हत्यापछि छोरा आफैँले आत्महत्या गरे ।
बेलबारी नगरपालिका ४ स्थित बुधबारेका २६ वर्षीय जीवन लिम्बुले आँफूलाई नै जन्मदिने आमा ६१ वर्षीया देवीकुमारी लिम्बुलाई टाउकोमा इँटा प्रहार गरी घरमै हत्या गरे ।
आमाको हत्यापछि उनले आफ्नै शरीरमा घाटी रेट्नुको साथै पटक–पटक छातीमा रोपेर आफैँलाई हत्या गरे । प्रहरीका अनुसार लामो समयदेखि नशामा रहने जीवन घटना भएको अघिल्लो रात ईलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा थिए । साँझ आमासँग झगडा गर्दा घरमा आगो लगाएको आरोपमा प्रहरीले उनलाई एक रात हिरासतमा राखेको थियो ।
तर हिरासतबाट निस्किन साथ जीवन आमासँग बिहानैदेखि विवाद गरिएको अवस्थामा उनले अचानक इँटा प्रहार गरेका थिए । आमाको हत्या पश्चात उनले छिमेकिको घरअको किचनबाट हसिया र चक्कु निकाली आफुले पनि आत्महत्या गरेका थिए ।