भारतबाट आएकी महिलाको क्वारेन्टिनमा मृत्यु

बैतडी । भारतबाट आएकी बैतडीकी २८ वर्षीया महिलाको क्वारेन्टिनमा मृत्यु भएको छ। पुर्चौडी नगरपालिका-४ स्थित मालिका माविको क्वारेन्टिनमा रहेकी उनको गएराति मृत्यु भएको मेयर रणबहादुर कुँवरले जानकारी दिए।

मृतक महिला पाँच दिनअघि मात्र पञ्जाबबाट आफ्नो बच्चा र श्रीमानसहित बैतडी आएकी थिइन्। उनीहरू भारतबाट आएलगत्तै क्वारेन्टिनमा बसिहरेका थिए। मेयर कुँवरका अनुसार मृतक महिला मुटुको दीर्घरोगी हुन्।