जुवाखालमा प्रहरी छापा, समातिए ‘भीआईपी’

काठमाडौं । काठमाडौंको कमलादीस्थित एक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् ।