एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो


नेपालमा कोरोना सङ्क्रमित सङ्ख्या १ हजार ८११ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको छ । 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमध्ये पाल्पाका २, नवलपरासी (पश्चिम) का १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८११ पुगेको छ । 

यसअघि आजैको नियमित प्रेस ब्रिफिङमा पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले २ सय २६ जना नयाँ कोरोना संक्रमित भेटिएको बताएका थिए । यसँगै एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।