सुनवर्सीमा चट्याङले एक महिलाको मृत्यु

मोरङ सुनवर्सी(६ तालगाछी बस्ने ३० बर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ । आफ्नै मकै बारीबाट मकै लिई घर तर्फ आउदै गर्दा बर्षा संगै आएको चट्याङले लाग्दा उनि गम्भिर घाईते भएकी थिइन । निरुतु कुमारीलाइ उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।