चैनपुरमा ट्याक्टरबाट लडेर एकको मृत्यु

संखुवासभाको चैनपुर नगरपालिका ५ की २१ बर्षीय पेम्बा ल्मु शर्पाको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । डाँगीगाउबाट चैनपुर तर्फ आउँदै गरेको को २ त ५३०८ नम्बरको ट्याक्टरमा सवार रहेकी शेर्पा अचानक ट्याक्टरबाट लडेर घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।