थप १७० मा कोरोना पुष्टि, कुल सङ्ख्या १२१२ पुग्यो

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोा संक्रमण पुष्टि भएको हो ।