डेनमार्क बस्ने नेपाली महिलाहरुको सहयोग सुत्केरी महिलालाई

सुनरहरैचा । डेनमार्क बस्ने नेपाली महिलाहरुले सुन्दरहरैचा नगरपालिकाको विभिन्न वडामा बस्ने पुर्ण अपांग, सुत्केरी, अपांग, अशाय तथा अति विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेका छन ।

विभिन्न कार्यका लागि नेपालबाट डेनमार्क गएका नेपाली महिलाहरुले स्थापना गरेको क्रीएटिभ नेप्लिज वुमन इन डेनमार्क नामक सस्थाको आर्थिक सहयोगमा सुन्दरहरैचामा स्थापना भएको जिज्ञासु फाउन्डेसन नामक सस्थाको आयोजनामा राहत सामाग्री वितरण गरेको क्रीएटिभ नेप्लिज वुमन इन डेनमार्ककि महासचिव सर्मिला गिरी ( पाण्डे ) ले बताइन ।

फाउन्डेसनले सुन्दरहरैचा नगरपालिकाका विभिन्न ५ वटा वडाहरुमा बसोबास गर्ने २० घर परिवारलाई उक्त राहत सामाग्री वितरण गर्ने फाउन्डेसनका अध्यक्ष धर्मेन्द्र केसीले बताए ।

उनले आगामी दिनमा पनि विभिन्न संघ सस्थाको सहयोगमा नगरमा रहेका अन्य घर परिवारलाई समेत राहत सामाग्री वितरण गरिने बताए ।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नं १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले फाउन्डेसनले ल्याएको यस्ता किसिमको राहत वडामा प्रभावकारी भएको बताए । यस्ता कार्यक्रमले नागरिकलाई केही हदसम्म राहत प्रदान गरेको उनको भनाई थियो ।

फाउन्डेसनले यस अघि विभिन्न वडामा रहेका सुत्केरी महिलाहरुलाई राहत सामाग्री वितरण गरेको सस्थाका सल्लाहकार युजिन आचार्यले बताए ।

उनका अनुसार फाउन्डेसनले पहिलो चरणमा सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा बसोबास गर्ने सीता चौधरी, रिता उराउ ,पुड्की उरामन ,माया पुलामी मगरलाई राहत सामाग्री वितरण गरेको हो ।

राहत सामाग्री प्राप्त गर्नेमा पुर्ण अपांग ,सुत्केरी ,अपांग , अशाय तथा अति विपन्न परिवारका व्यक्तिहरु रहेको सुन्दरहरैचा नगरपालिका वडा नं १२ का वडा सचिव अनिल पोखरेलले बताए ।

कार्यक्रममा ससस्त्र प्रहरी बलका सहायक निरिक्षक सुवास गिरी, वडाध्यक्ष रोशन प्रसाद ढकाल लगायतका अन्य सामाजिक संघ सस्थाहरुको उपस्थिती रहेको थियो ।

उक्त राहत सामाग्री सुन्दरहरैचा १० बस्ने हाल डेनमार्कमा बस्ने क्रीएटिभ नेप्लिज वुमन इन डेनमार्ककि महासचिव सर्मिला गिरी ( पाण्डे ) को सहकार्यमा उपलब्ध भएको थियो ।