भारतबाट बेलबारी आएका ५ जना ‘होल्डिङ एरिया’ मा


जेठ १५
भारत तथा कोरोना प्रभावित क्षेत्रबाट आउनेलाई बसाउन बेलबारीमा निर्माण गरिएको ‘होल्डिङ एरिया’ मा ५ जना व्यक्तिलाई राखिएको छ । भारतबाट आएका ति व्यक्तिहरुलाई विहिबार बेलबारी १० स्थित ‘होल्डिङ एरिया’ मा राखिएको हो । भारत तथा संक्रमण प्रभावित विभिन्न स्थानबाट बेलबारी आएकामा संक्रमण भए नभएको यकिन गर्ने सहितको उद्देश्यले ‘होल्डिङ एरिया’ निर्माण गरिएको हो ।
सामान्य स्वास्थ्य परिक्षण गरेर उनीहरुलाई राखिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । ‘होल्डिङ एरिया’ बसेकाहरुलाई १४ दिन सम्म राखेर उनिहरुको कोरोना परिक्षण पश्चातमात्रै घर पठाइने पनि मेयर सुवेदीले बताउनु भयो । नगरपालिकाले बेलबारी १० स्थित धिरनाथ सम्फुल विश्वास माध्यमिक विद्यालयमा १ सय बेड क्षमताको ‘होल्डिङ एरिया’ निर्माण गरेको थियो । ‘होल्डिङ एरिया’ मा रहँदा बसाई सहज होस भनेर भनेर आधारभुत आवश्यकता सँगै वाईफाई सहितको पनि प्रबन्ध गरिएको नगरपालिकाले जनाएको छ ।