बेलबारीमा छोराले गरे आमाको हत्या

बेलबारी । मोरङको बेलबारी नगरपालिका ४ बुधबारेमा एक युवकले आफ्नै आमाको हत्या गरी आफुले पनि आत्महत्या गरेका छन् ।

बेलबारी ४ का ३१ वर्षिय काले भनिने जिवन लिम्बुले आफनै आमा ६१ वर्षिया देवीकुमारी लिम्बुलाई विहिबार विहान १० बजेतिर घरमै इँटाले प्रहार गरेर हत्या गरेका हुन् । आमाको हत्या गरेपछि उनले आफैलाई शरिरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए ।

घाटी लगायत विभिन्न भागमा गहिरो चोट रहेका उनको पनि बेलबारी स्थित नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । आमा देवी माया लिम्बुको शव पोष्ट मार्टमका लागि मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालले बताए ।

छोरा लिम्बुले लागुपदार्थ सेवन गरी आमाको हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । प्रहरीले थप अनुसन्धान भने गरीरहेको प्रहरीले बताएको छ ।