सुन्दरहरैचा नगरपालिकाले ल्यायो दोस्रो चरणमा काठमाडौबाट समस्यामा परेका नगरवासीलाई

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले बुधबार दोस्रो चरणमा काठमाडौमा २ महिना सम्म लकडाउनमा फसेका नगरबासीलाई २ वटा बसमा १ सय ८ जनालाई सकुसल घर फिर्ता ल्याएको छ । नगर प्रवेश गरेका नगरबासीलाई सोहि नगरपालिकाको गोठगाउँमा रहेको पुर्वाञ्चल बिस्वबिधालयको शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गराएको थियो ।

अस्थाई रुपमा काठमाडौमा वसोबास गर्दै आएका नगरक्षेत्रका नगरबासीलाई लकडाउनका कारण समस्यामा पर्न थालेको तर्फ मध्यनजर गर्दै सुन्दरहरैंचा नगरपालिकाले आफना नगरवासीहरुलाई पुन: घर फिर्ता ल्याउने कार्य सुरु गरेको हो । यस अघि पनि नगरले पहिलो चरणमा ४५ जनालाई सकुसल ल्याइपुर्याएको थियो ।

नगरपालिकाले निरन्तर प्रयास गरिरहेको अवस्थामा लकडाउन कडाई भएपछी पहिलो चरणमा सबैलाई ल्याउन नसकेको नगर प्रमुख शिव प्रशाद ढकालले बताए । नगरप्रमुख ढकालले समस्यामा परेका आफ्नो नगरबासिलाई भेट्दै काठमाडौमा मात्र होइन देशको अन्य ठाउँमा पिडा र समस्यामा परेका नगरबासीलाई ल्याउन आफु प्रयासरत रहेको बताए ।

नगरले गाडिमा खाने कुराको व्यवस्था सहित सहज रुपमा घर फर्काउने काम गरेकोमा घर फर्किन पाएका नगरबासि नगरको यो कार्य प्रति हर्सित भएका छन ।