कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो


जेठ १५


नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित प्र्रेस ब्रिफिङका क्रममा विहिबार मात्रै १ सय ५६ जना नयाँ संक्रमित थपिए सँगै जम्मा १ हजार ४२ पुगेको जानकारी दिनुभएको हो । प्रदेश १ को झापामा मात्रै थप २५ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा गरिएको परिक्षणका क्रममा झापाका २५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । प्रदेश १ को सोलुखुम्बुमा पनि १ जनामा संक्रमण देखिएको देवकोटाले नियमित प्र्रेस ब्रिफिङका क्रममा जानकारी दिनुभएको छ । प्रदेश १ मा संक्रमितको संख्या १ सय २९ पुगेको छ । प्रदेश १ मा अहिले सम्म ८ जिल्लामा संक्रमण देखिएको छ ।
यस्तै जम्मा १८७ जना निको भएर घर फर्किएका छन् ।नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।