झुठा अफवाह फैलाउने सुन्दरहरैचाका देवकोटा प्रहरी नियन्त्रणमा

१४ जेठ, सुन्दरहरैचा । समाजिक सञ्जाल फेसबुकमा झुठा अफवाह फैलाएको भन्दै ईलाका प्रहरी कार्यालय बेलबारीले एक जना व्यक्तीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका वडा नं ०९ का चेतनाथ देवकोटा ( दिपक )रहेका छन ।

देवकोटाले सोमबार सुन्दरहरैचा नगरपालिका स्थित झरना पुलमा सडक दुर्घटना भएको विषयलाई लिएर फेसबुकमा स्टाटस लेखेका थिए ।

सोमबार दुर्घटना भएको विषयमा तथ्य सत्य नबुझी देवकोटाले एम्बुलेन्सले ठक्कर दिएको भनी सामाजिक सञ्जालमा झुठा अफवाह फैलाएका थिए ।

यता प्रहरीले सिसिटिभी फुटेजका आधारमा साइकल र मोटरसाइकल ठक्कर भई मोटरसाइकल अनियंत्रित भई दुर्घटना भएको बताएको थियो ।

देवकोटालाई जिल्ला प्रशासन कार्यालय विराटनगरबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालले सामाजिक सद्भाव भड्किने र झुठा सुचना सम्प्रेषण गर्ने जो कोहिलाई पनि कानुनी कार्वाही गरिने बताए ।

उनले सामाजिक सञ्जालबाट कुनै पनि सामाजिक सद्भाव विथोलिने गरि झुठा आरोप नफैलाउन आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन ।

ईलाका प्रहरी कार्यालय बेलबारीमा प्रहरी निरिक्षक ढकाल आफू आए सगै बेलबारी प्रहरीको कार्यक्षेत्रमा लकडाउन कार्यान्वयनमा आउनुका साथै शान्ती सुरक्षा मजबुत भएको समेत दाबी गर्छन ढकाल ।