थप ११४ जनामा कोरोना, सक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौ । नेपालमा बुधवार ११४ जनामा कोरोना संक्रमित थपिएका छन् । बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८८६ पुगेको छ ।