मोरङ र धनकुटामा पनि कोरोना संक्रमण देखियो

जेठ ४
प्रदेश १ को मोरङ र धनकुटामा पनि कोरोना संक्रमित भेटिएका छन् । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा भएको परिक्षणका क्रममा मोरङ विराटनगरका २ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश १ सरकार मुख्यमन्त्री कार्यालयको अफिसियिल फेसबुक पेजमा उल्लेख जानकारी अनुसार नयाँ पुष्टि भएका संक्रमितहरुमा धनकुटाकी ३४ वर्षीय महिला, तथा मोरङ विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीया महिला हुनुहुन्छ । प्रदेश १ मा कोभिड १९ पुष्टी भएकाहरुको जम्मा संख्या ३९ पुगेको छ । त्यस्तै निको हुनेहरुको जम्मा संख्या १७ रहेको छ ।