बेलबारीमा थप ५ जनाको कोरोना परिक्षण


जेठ ३
बेलबारीमा शनिबार थप ५ जनाको कोरोना परिक्षण गरिउको छ । र्यापिड डाइग्नोष्टिक टेष्ट आर डि टी परिक्षणमा कसैमा पनि संक्रमण नदेखिएको नगरपालिकाले जानकारी दिएको छ । योसँगै बेलबारी नगरपालिकामा आडिटी परिक्षणको संख्या १ सय ९ पुगेको छ भने १३ जनाको पिसिआर परिक्षण भएको छ , । सबै परिक्षणमा कोरोना संक्रमण नदेखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोश विश्वकर्माले जानकारी दिनुभएको छ ।
विभिन्न देश तथा नेपालकै कोरोना संक्रमण फैलिएका जिल्लाहरुवाट नगरपालिकामा आएकाहरुको परिक्षण गरीएको विश्वकर्माले जानकारी दिनुभएको छ ।