भारतले नेपाली भुमी मिचेकोमा नेविसंघद्वारा बेलबारीमा विरोध कार्यक्रम

बैशाख २७
भारतले लिपुलेक स्थित नेपाली भुमी मिचेर सडक निर्माण गरेको विरोधमा नेपाल विद्यार्थी संघले शनिबार बेलबारीमा विरोध र्याली आयोजना गरेको छ । क्षेत्रिय,नगर तथा क्याम्पस समितिका नेता तथा विद्यार्थी सम्मिलित कार्यक्रममा नेपाली भुमी अतिक्रमण विरुद्ध खबरदारी सहित नरावाजी गरिएको थियो । बेलबारी पश्चिम बस स्टेण्डबाट सुरु भएको र्याली बेलबारी नगरपालिका कार्यालय अगाडी पुगेर पुनः फर्किइ पश्चिम बसस्टेण्डमा समापन भएको थियो । नेपालको राष्ट्रि« झण्डा सहित विरोधमा सहभागीहरुले मिचिएको नेपालीभुमी फिर्ता गर,भारतिय विस्तारवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।
विरोध र्यालीमा नेविसंघ क्षेत्रिय सभापति होमनाथ पोख्रेल,विद्यार्थी नेता सुमन ढकाल,नेविसंघ बेलबारी नगर सभापति सन्तोस भट्टराई,नेविसंघ सुन्दरहरैँचा नगर उपसभापति एरिका ढकाल, सुकुना क्याम्पस इकाई सभापति बिजय तोलाङ्गी,विद्यार्थी नेताहरु टेकराज तिम्सिना,सञ्जिव कटुवाल,नेविसंघ बेलबारी क्याम्पस समितिका सियोम सुवेदी,सनम खतिवडा,सुदिप भण्डारी लगायतको सहभागिता रहेको थियो ।