कानेपोखरीका युवकको बेलबारीमा संकास्पद मृत्यु घटनामा नयाँ ‘ट्वीस्ट’ : पक्राउ परेका ९ जनालाई के हुन्छ ?

बैशाख २७
गत विहिबार बेलबारी ७ स्थित दौलतपुरमा कानेपोखरीका एक युवकको संकास्पद मृत्यु घटनामा नयाँ ‘ट्वीस्ट’ आएको छ । कानेपोखरी १ होक्लाबारीका १८ वर्षिय आयुस गिरीको शव संकास्पद अवस्थामा फेला परेपछि हत्या भएको आसंका गरिएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा समेत लिएको थियो । ती मध्ये ९ जना अझै प्रहरी नियन्त्रणमै रहेका छन् । तर गिरीको मृत्युको कारण हत्या नभएर दुर्घटना भएको खुलेको छ । इँटा बोक्ने ट्याक्टरको ठक्करबाट गिरीको ज्यान गएको खुलेसँगै हत्या हुनसक्ने अनुमान गलत सावित भएको छ । गिरीको शव पोष्टमार्टमको रिपोर्टले समेत मृत्युको कारण दुर्घटना भएको र घटना अनुसन्धानबाट समेत इँटा बोकेको ट्याक्टरले गिरीलाई ठोक्काएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रंगेली स्थित जेबिबि इँटा उद्योगकोे को २ त १२२५ नम्बरको ट्याक्टरले गत बुधबार राति साँढे ९ बजेतिर गिरीलाई ठोक्काएको थियो । ठक्करबाट गिरीको मृत्यु भएपछि चालक बद्रि मगरले शव तानेर सडक किनारामा छोडेको खुलेको छ । चालक पथरीशनिश्चरे ९ का बद्रि मगर र ट्याक्टर समेत अहिले इलाका प्रहरी कार्यालय बेलबारीकै नियन्त्रणमा रहेका छन् । आइतबार आवश्यक मुद्दा प्रकृया अघि बढाउने इलाका प्रहरी कार्यालय बेलबारीले जनाएकोे छ ।
९ जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाईने
गिरी मृत्यु प्रकरण अनुसन्धानका क्रममा गत विहिबार पक्राउ परेका ११ जना मध्ये २ जनालाई प्रहरीले छोडेको छ भने ९ जना बेलबारी प्रहरीकै नियन्त्रणमा रहेका छन् । वुधबार राति स्थानिय एक होटलमा गिरीसँगै मादक पदार्थ सेवन गरेका र झैझगडा समेत गरेको भनिएका उनीहरु विरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा समेत चलाउने भएको छ ।