बेलबारी नगरको राहत कोषमा बेलबारी जेसिले दियो ५३ बोरा चामल

२१ चैत । बेलबारी जेसिजले मोरङ बेलबारी नगरपालिकाको राहत कोषमा ५३ बोरा चामल हस्तान्तरण गरेको छ । शुक्रबार बेलबारी जेसिजले नगर प्रमुखलाई ५३ बोरा चामल हस्तान्तरण गरेको हो ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) रोकथामका लागि बेलबारी नगरपालिकाले गरीरहेको कार्य प्रति ऐक्यबद्धता जनाउँदै बेलबारी जेसीजले ५० हजार ३ सय ५० रुपैयाँ बराबरको १३ सय २५ केजी चामल नगरपालिकाको राहत कोषमा जम्मा गरेको हो ।

पहिलो चरणमा ५३ बोरा राहत प्रदान गरिएको र अन्य चरणमा पनि बिभिन्न अत्यावश्यक सामाग्री राहत कोषमा जम्मा गर्ने जेसिजको योजना रहेको बेलबारी जेसिज बर्ष २०२० का महासचिव भुवन कार्कीले जानकारी दिनुभयो ।