बेलबारी नगरपालिकाले बाँड्यो राहत

बेलबारी ÷बेलबारी नगरपालिकाले राहत वितरण सुरु गरेको छ । नगरपालिकाले आइतबार १७ सय ६२ परिवारलाई राहत सामाग्रि बितरण गरेको हो ।
वडा नम्बर २, ३, ६, ७, १० र ११ मा दैनिक ज्यालादारी गरी दैनिक जिविका चलाइरहेका परिवारलाई वडा कार्यालय मार्फत घर घरमा राहत पठाइएको बेलबारी नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडा कार्यालयमा राहत सामाग्रि बुझाएको छ भने वडा कार्यालयले घर घरमा लगेर वाडेका छन । भिडभाड हुन नदिनका लागि घर घरमा राहत वितरण गरीएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले ४ जना सम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र एक डल्ला साबुन वितरण गरेको छ भने १५ जना भन्दा वढिको परिवारलाई २५ किलो चामल, डेढ किलो दाहाल, १ किलो नुन, र एक डल्ला साबुन दिएको छ । सोमवार १, ४, ५, ८ र ९ नम्बर वडामा राहत वितरण गरीने नगरपालिकाको कार्यालयले जनाएको छ ।