बेलबारी कोरोना बिपद ब्यबस्थापन कोषमा रकम जुट्न थाल्यो

बेलबारी । मोरङ बेलबारी नगरपालिकाको कोरोना बिपद ब्यबस्थापन कोषमा रकम जम्मा हुन थालेको छ । बेलबारी नगरपालिकाको नाममा एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको बिपद ब्यबस्थापन कोषमा बिहिबार ५५ हजार ५ सय रुपैया जम्मा भएको हो ।

एक सहकारी र दुई ब्यक्तिले कोषमा रकम जम्मा गरेका हुन । बेलबारी नगरपालिकाका कर्मचारी मदन रायमाझिले एक महिना बराबरको तलब २८ हजार, अर्का कर्मचारी निर्मल रिजालले दुई हजार पाँचसय र बेलबारी साना किसान सहकारी संस्थाले २५ हजार रुपैया कोषमा जम्मा गरेको बेलबारी नगरपालिकाकाले जनाएको छ ।
नगरभित्र रहेका केहि सहकारीहरुले कोषमा रकम जम्मा गर्ने निर्णय समेत गरिसकेका छन । लालीगुरास साकोसले ५१ हजार, पौरखी साकोसले २५ हजार, जनप्रेमी साकोसल २५ हजार, दीपज्योति नारी विकास साकोसले १० हजार शुक्रबार जम्मा गर्नेगरी निर्णय गरेको नगर सहकारी सञ्जाल बेलबारीका संयोजक दुर्गा गौतमले जानकारी दिए ।
नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् । कार्यपालिकाको वैठकले छैठौ तह वा सोभन्दा माथिका कर्मचारीको हकमा खाइपाइ आएको १५ दिनको तलब र छैठौ तह भन्दा तलका कर्मचारीको १० दिनको तलब राहत कोषमा राख्ने निर्णय गरेको नगरपालिका प्रमुख प्रशासकयि अधिकृत प्रदिप शाहले बताए । नगरपालिकाले यस अघिनै कोषमा १५ लाख जम्मा गरीसकेको छ ।

एनएमवि बैक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११ मा सहयोग गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।