शंकरनगर स्वास्थ्य चौकीलाई बनाइयो आइसोलेसन

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर बनाइएको छ ।

नियमित सेवालाई वडा नं. २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर बनाइएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । तत्काल दश बेड तयार गरिए पनि आवश्यकताको आधारमा थप दश बेड विस्तार गर्न सकिने उनले बताए ।
तिलोत्तमा नगरपालिकाले आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ ।

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शको आधारमा आइसोलेसन सेन्टर निर्माण गरिएको स्वास्थ्य चौकी इञ्चार्ज केशव भट्टराईले जानकारी दिए ।

बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।