बेलबारीमा युवकको संकास्पद मृत्यु बारे अनुसन्धान सुरु : प्रहरीद्वारा ११ जना नियन्त्रणमा

Dead Vector Images (over 65,000)


बैशाख २५
बेलबारी ७ स्थित दौलतपुरमा एक युवकको संकास्पद अवस्थाम शव भेटिएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । विहिबार विहान साँढे ५ बजेतिर दौलतपुरमा कानेपोखरी १ होक्लाबारीका १८ वर्षिय आयुस गिरीको शव फेला परेको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । संकास्पद अवस्थामा शव भेटिएसँगै हत्या हुन हुनसक्ने आसंकामा प्रहरीले अनुसन्धान थालेको हो । घटनाबारे बुझ्न प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । शव पोष्टमार्टमका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र पोष्टमार्टमको रिपोर्टपछि पनि थप कुराहरु खुल्ने इप्रका बेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिनुभएको छ । प्रहरीले नियन्त्रणमा लिएका ११ जना व्यक्तिहरुमध्ये बुधबार साँझ गिरीसँगै खाजा खाएका व्यक्ति रहेको प्रहरीको भनाई छ ।