अभावका बेला बेलबारी जेसिजद्वारा २ सय ७ पिन्ट रगत संकलन


बैशाख २१
लकडाउनका कारण सिर्जित ‘रगत अभाव’ पुर्ति गर्न बेलबारी जेसिजले गरेको कार्यक्रममा २ सय ७ जनाले रगत दान गरेका छन् । बेलबारी जेसिजले आइतबार बेलबारी ३ स्थित पश्चिम बसस्टेण्ड नजिकै रक्तदान कार्यक्रम आयोजना गरेको थियो । विराटनगर रेडक्रसको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २ सय ७ पिन्ट रगत संकलन भएको बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले जानकारी दिनुभएको छ । जिवन बचाउन अति नै महत्वपुर्ण रगत दानका लागि जेसिजले सार्वजनिक रुपमै र सञ्चार माध्यमहरुबाट सुचना प्रवाह गरेर सहभागिता का लागि आव्हान गरेको थियो । लकडाउनकै समयमा पनि जेसिजको आव्हानलाई स्विकार गर्दै दाताहरु भेला भएका थिए ।

जेसिजका सदस्य,पुर्व तथा वर्तमान पदाधीकारीहरु,विभिन्न क्षेत्र सम्बद्ध व्यक्ति,इलाका प्रहरी कार्यालय बेलबारी,ट्राफिक प्रहरी पोस्ट बेलबारी,शसस्त्र प्रहरी बल लक्ष्मीमार्गका सुरक्षाकर्मीहरु सहित विभिन्न वडाबाट भेला भएका व्यक्तिहरुले रगत दान गरेका हुन् । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो ।