नेपालमा एकैदिन थप १० जनामा कोरोना पुष्टि : संक्रमित संख्या ६९ पुग्यो


बैशाख २१
नेपालमा आइतबार एकैदिन ७ वर्षिय व्यक्ति सहित १० जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालगञ्ज स्थित प्रयोगशालामा भएको परिक्षणका क्रममा ५ जना पुरुष र ४ जना महिला गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका हरुमा ७ वर्षिय व्यक्ति समेत रहेका छन् । यस्तै पर्सा जिल्लाका ३६ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिनुभएको छ ।