बेलबारी खानेपानी संस्थाद्वारा उपभोक्ताको करिब ३ लाख रुपैयाँ महसुल छुट दिने घोषणा


बैशाख १८
बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लकडाउनको मारमा परेका आफ्ना उपभोक्तालाई राहत स्वरुप १ महिनाको न्युनतम महसुल छुट गरेको छ । संस्थाले २०७७ बैशाख महिनाको न्युनतम महसुल छुट गर्ने घोषणा गरेको हो । सम्पुर्ण उपभोक्ताको छुट रकम करिब ३ लाख रुपैयाँ हुने संस्थाले दावी गरेको छ । छुट घोषणा गर्न संस्थाले विहिबार बेलबारीमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । लकडाउनका कारण रोजगार,व्यापार,व्यवसाय लगायतका आयआर्जनका काम गर्न नपाएका उपभोक्तालाई राहत दिने उद्देश्यले छुट दिने निर्णय गरेको संस्थाका अध्यक्ष महेन्द्र सुवेदी र सचिव अम्बरबहादुर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।संस्थामा व्यक्तिगत तथा संस्थागत गरी १ हजार ६ सय ५० भन्दा धेरै उपभोक्ता रहेका छन् । सबैको न्युनतम शुल्क छुट गर्दा करिब ३ लाख रुपैयाँ बराबरको रकम छुट हुने संस्थाका अध्यक्ष महेन्द्र सुवेदीले जानकारी दिनुभएको छ ।

व्यक्तिगत तर्फको न्युनतम शुल्क १ सय ५० रुपैयाँ र संस्थागत न्युनतम शुल्क ३ सय रुपैयाँ रहेको छ । न्युनतम भन्दा माथी महसुल उठेको भएमा सो रकम भने उपभोक्ताले तिर्नुपर्नेछ ।
छुट घोषणा गर्न आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष मोहन गुरुङ,सचिव अम्बरवहादुर सुवेदी, कोषाध्यक्ष प्रताप थापा, सदस्यहरु रुक्मीणी धिमाल,भगवती श्रेष्ठ,माधव थापा,होम पिठाकोटे लगायत सहभागी हुनुहुन्थ्यो ।