गुरुकुल पाठशालामा अनलाइन शिक्षा

गुरुकुल पाठशाला बेलबारी ३ ले अनलाइन शिक्षा आरम्भ गरेको छ । कोरोना भाइरस (कोभिड २०१९) ले गर्दा पुरै देश लकडाउनमा रहेका बेला बालबालिकाले घरबाटै अध्ययन गर्न मिल्ने गरि पाठशालाले अनलाइन शिक्षाको ब्यबस्था गरेको हो ।

लकडाउनको समयमा बिद्यालय सन्चालन गर्न नमिल्ने अवस्थामा बालबालिकाको अध्ययनका लागि अनलाइनबाट सकृय बनाउने ब्यबस्था मिलाइएको पाठशालाका प्रिन्सिपल दिपेन्द्र खुलालले बताए ।
शैक्षिक सत्रको सुरुवात देखिनै कक्षा ८ सम्मका झण्डै २ सय विद्यार्थीले अनलाइनबाट शिक्षा लिइरहेको पाठशालाले जनाएको छ ।