लालभित्तिमा युवाको अगुवाईमा राहत बाडिदै

कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा बेलबारी २ का केहि युवा मिलेर राहत बाडेका छन । दिपक लिम्बु र सुमन कट्वालको अगुवाइमा वडा भित्रका असहाय परिवारलाई राहत बितरण गरिएको हो ।
सोमबारसम्म वडा ९२ परिवारलाई प्रति परिवार २० केजी चामल, १ लिटर तेल, १ केजी दाल, १ केजी नुन, १ डल्ला साबुन र ८ सय थान मास्क बितरण भएको सुमन कट्वालले जानकारी दिए । केहि ब्यक्ति तथा संस्थाबाट सहयोग लिएर राहत वितरण गरिएको र आगामि दिनमा पनि यो कार्य जारी रहने उनले बताए ।