डाँगीहाट युथ क्लबद्वारा राहतका लागि बेलबारी नगरलाई ५१ हजार प्रदान

Image may contain: 1 person, standing


बैशाख १२
बेलबारी नगरपालिकामा राहत वितरणका लागि लक्ष्मीमार्ग स्थित डाँगीहाट युथ क्लबले शुक्रबार बेलबारी नगरपालिकालाई ५१ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ । क्लबले नगपालिका स्थित विपद व्यवस्थापन कोषमा जम्मा हुनेगरी सो रकम प्रदान गरेको हो । डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राई, उपाध्यक्ष सुदीर राई,सचिव ज्ञानु राज राई तथा सहसचिव शम्भु बस्नेत लगायतका पदाधिकारीहरुले मेयर ज्ञानेन्द्र सुवेदीलाई चेक हस्तान्तरण गर्नुभएको हो । कोभिड १९ विरुद्ध लड्न घोषित लकडाउनका कारण समस्यामा रहेका दैनिक ज्यालादारीमा काम गरेर छाक टार्नुपर्ने अवस्थाका विपन्न लगायतलाई राहत वितरणका लागि सहयोग मिलोस भनेर नगद प्रदान गरिएको क्लबले जनाएको छ । यस्तै बेलबारीका प्रताप थापा तथा डाक्टर प्रभाव थापाले १ हजार २ सय ५० किलो चामल १ सय किलो दाल, एक सय किलो नुन र एकसय वटा साबुन नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ । मातातिर्थ औसिको अवसरमा सो सहयोग गरिएको उहाँहरुले बताउनुभएको छ ।