नेपालमा कोरोना संक्रमित ४८ पुगे

थप दुई जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो


बैशाख ११
नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार विहिबार साँझ थप १ व्यक्तिमा नयाँ संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुगेको हो ।नयाँ संक्रमित व्यक्ति २६ वर्षिय पुरुष रहेका छन् । यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङका क्रममा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको थियो । नेपालमा कोरोना संक्रमित निको हुने क्रम पनि जारी छ । विहिबार सम्ममा १० जना संक्रमित निको भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *