प्रदेश १ मा एकैदिन थप ११ जनामा कोरोना पुष्टि :नेपालभर संक्रमितको संख्या ४२

Image may contain: text


बैशाख ९
प्रदेश १ को उदयपुरमा मङ्गलबार एकैदिन ११ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । उदयपुरमा थप ११ जनालाई मंगलबार एकैदिन कोभिड १९ को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शङ्कास्पद आएपछि ८ जनाको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएकोमा नतिजा पोजेटिभ आएको हो । उदयपुरबाटै संकलन गरिएको स्वाव नमुना परीक्षणलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । प्रदेश १ को उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।