कानेपोखरीमा काँग्रेसले राहत बाँड्न थालेपछि नेकपाका नेताहरुको रुवाबासी

७ बैशाख । कोरोना भाइरस (कोभिड १९) का कारण देश लामो समय लक डाउनमा गएपछि नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्य समितिले अति विपन्न परिवारहरुलाई राहत वितरण गर्न थालेपछि कानेपोखरी गाउपालिकाका नेकपाका नेताहरुमा रुवाबासी सुरु भएको छ । एकद्वार प्रणाली अन्तर्गत राहत वितरण गर्न डा. सुनिल शर्माको लगानीमा काँग्रेस क्षेत्रिय कार्य समितिले दिएको राहत कानेपोखरी गाउँपालिकाले लिन नमानेपछि काँग्रेस आफैले राहत वितरण सुरु गरेको हो ।

गत चैत २७ गते ३ नंबर क्षेत्रका ४ वटै पालिकालाई काँग्रेसको संयोजनमा डा. शर्माले ३० लाख ३६ हजार राहत कोषमा जम्मा गर्ने कार्यक्रम रहेकोमा कानेपोखरी गाउँपालिकाले राहत रकम अस्विकार गरेपछि ३ वटा पालिकालाई मात्रै राहत रकम हस्तान्तरण गरेको थियो । राहत रकम लिनलाई पटक पटक सुन्दरहरैचाका मेयर शिव प्रसाद ढकाल र बेलबारी नगरका मेयर ज्ञानेन्द्र सुवेदीले कानेपोखरी गाउपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेसँग टेलिफोन सम्पर्क गरेका थिए । तर अन्तिम समयमा आएर आफ्नो पालिकाले राहत रकम नलिने भन्ने कानेपोखरी गाउपालिकाबाट जानकारी आएपछि ३ वटा पालिकाहरुलाई रकम बितरण गरेको नेपाली काँग्रेस महासमिति सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार डा.शर्माले जानकारी गराए । डा. शर्माका अनुसार बेलबारी नगरपालिका ११ लाख ७५ हजार पथरी नगरपालिका ८ लाख ८६ हजार र सुन्दरहरैचा नगरपालिका ७ लाख ७५ हजार रकम हस्तान्तरण गरिएको थियो ।


बिभिन्न सन्चार माध्यमहरुमा कानेपोखरीका अध्यक्षको आलोचना भएपछि गाउँपालिकाले पटक पटक आफ्नो बिज्ञप्ति नै निकालेको थिए । नेकपाका केहि नेताहरुको उस्कावटमा लागेर पालिकाका अध्यक्ष काफ्लेले राहत रकम नलिएको नेकमा वृत्तमै चर्चा हुन थालेको छ । युवासंघका जिल्ला अध्यक्ष र गाउँपालिकाका अध्यक्ष लगायतकै उक्साहटमा राहत रकम नलिएको नेकपाकै तर्फबाट जितेका एक वडाध्यक्षले आफुहरुलाई जानकारी गराएको डा. शर्माले बताए ।
आफ्नो क्षेत्र अन्तर्गतका वडाहरुमा कानेपोखरी गाउँपालिकामा गत शुक्रबारदेखि राहत वितरण सुरु गर्न थालेपछि नेकपाका नेताहरुमा आफ्नो पकेट एरिया गुम्ने डरले नेताहरुमा रुवाबासी चल्न थालेको छ । नेकपाले शनिबार कांग्रेस विरुद्ध बिज्ञप्ती प्रकाशन गर्दै संकटको बेला मेडिकल संचालक तथा कांग्रेसका नेता डा. सुनिल शर्माले राहतको नाममा प्रत्यक्ष राजनीति माहोल खडा गर्दै घिनलाग्दो राजनीति गरेको भन्दै नेकपा अध्यक्ष भोला अधिकारीले विज्ञप्ति निकालेका थिए भने बेलबारी नगरसचिव रविन थापाले आफ्नो फेसबुक स्टाटस राहत बाँडेको बिषयमा सिडियो नै गुहारेका थिए । अन्य नेकपाका नेता कार्यकर्ताहरुले आ–आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै हारगुहार नै गरेको प्रष्ट आभाष हुन्थ्यो ।


हाम्रो लडाइ स्थानीय सरकारसँग हो नेकपा सँग होइन, हामिलाई कुनैपनि दलसँग कुनैपनि किसिमको विभेद छैन, जुनै दलले बाँडेपनि यहाँका स्थानीय विपन्न परिवारले राहत पाउने हुन, त्यसैले गर्दा नेकपाका नेता कार्यकर्ताहरु रुनुको कुनै अर्थ छैन, स्वयम गाउँपालिकाको मिटिङमै काँग्रेसले बाँड्ने राहतमा स्थानीय वडाध्यक्षहरुलाई उपस्थित भई सहयोग गर्न अध्यक्षले निर्देशनै दिइसकेका छन, नेकपा कानेपोखरी गाउँपालिकाले विज्ञप्ति निकाल्नु कुनै तुक छैन, यो त गरिब, बिपन्न बर्गहरुको पेटमा लात हान्नु हो । नेकपाले कतै पालिकापो चलाएको होकि भन्ने भान हुन थालेको नेपाली काँग्रेस कानेपोखरी गाउपालिका सभापति सभापति योगेन्द्र दाहालले रोष्ट प्रकट गरेका छन । उनले संपुर्ण कानेपोखरीका जनताहरुलाई नेकपाको विज्ञप्ति प्रति सचेत हुन आग्रह गर्नका साथै नेकपाको बिज्ञप्तिको पछाडि नकुद्न पनि अनुरोध गरेका छन ।

नेपाली काँग्रेस कानेपोखरीले भने आफुले दिएको राहत रकम गाउँपालिकाले नलिएपछि बाध्य भएर राहत वितरण गर्नुपरेको बताएको छ । आफुहरुले गाउँपालिकाको सातैवटा वडामा ७ लाख रकम बराबरको राहत वितरण गर्ने बताएका छन । काँग्रेसले शुक्रबार वडा नं ७ का १५० विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडा नं ४ मा शनिबार र वडा नं ६ मा आइतबार प्रति वडा १५० परिवारलाई राहत वितरण गरिएको र अन्य वडाहरुमा विपन्न परिवारको लागत संकलन भइरहेको काँग्रेसले जनाएको छ । राहतमा प्रति परिवार १५ किलो चामल ,१ किलो नुन, १ किलो दाल, १ पोका तेल र एउटा सावुन वितरण गएिको नेपाली काँग्रेस गाउपालिका सभापति योगेन्द्र दाहालले बताए ।

राहत वितरण समारोहमा काङ्ग्रेस महासमिति सदस्य एवं प्रदेश सभा सदस्य शेखरचन्द्र थापा, काङ्ग्रेस महासमिति सदस्यहरू केशव निरौला, सुनील शर्मा, नगेन्द्र जमरकट्टेल, ललित श्रेष्ठ र जयराज संयोक लगायतको उपस्थिति रहेको थियो ।