नेविसंघ स्थापना दिवसमा सुकुना इकाईद्वारा शैक्षिक सामग्री र फलफुल वितरण


बैशाख ६
नेपाल विद्यार्थी संघको ५१ औ स्थापना दिवसको अवसरमा नेविसंघ सुकुना बहुमुखी क्याम्पस ईकाई समितिले शनिबार फलफुल र शैक्षिक सामग्री वितरण गरेको छ । सुन्दरहरैँचा ९ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा रहेका अनाथ वालवालिकाहरुलाई शैक्षिक सामग्री र साहाराविहिन व्यक्तिहरुलाई फलफुल वितरण गरिएको इकाई सभापति विजय तोलाङ्गीले जानकारी दिनुभएको छ । नेविसंघले वालवालिकाहरुलाई ५ दर्जन कापी,५ दर्जन कलम वितरण गरेको थियो भने सहाराविहिन हरुलाई १० केजी स्याउ, १० केजी सुन्तला,५ केजी काँक्रा,१० केजी खरबुजा, १ कार्टुन फ्रुटी र ५० थान मास्क समेत वितरण गरेको थियो ।


वितरण कार्यक्रममा नेविसंघ सुकुनाका पुर्व अध्यक्षहरु अर्जुन गजुरेल र शंकर बजगाई,निवर्तमान सभापति सुमन ढकाल,क्षेत्रिय सभापति होमनाथ पोख्रेल,किसुनजी अध्ययन केन्द्र मोरङका अध्यक्ष टेकराज तिम्सिना, विद्यार्थी नेता सरोज थापा, इकाई सहसचिव राजकुमार राउत लगायतको उपस्थिति रहेको थियो ।