बेलबारीमा RDT कोरोना परिक्षण जारी : शनिबारमात्रै ५८ जनाको परिक्षण


बैशाख ६
बेलबारी नगरपालिकाले शनिवार ५८ जनामा र्‍यापिड डाइग्नोष्टिक टेस्ट RDT प्रविधि वाट कोरोना परिक्षण गरेको छ । विभिन्न देशबाट फर्किएका ५८ जनाको परिक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बेलबारी नगरपालिकामा गत मंगलबार पहिलो चरणमा १६ जनाको आरडिटी टेष्ट गरिएको थियो । RDT परिक्षण निरन्तरता दिने क्रममा शनिबार ५८ व्यक्तिको परिक्षण गरीएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । पोलीमरेज चेन रियाक्सन PCR विधिबाट समेत ६ जनाको यसअघि नै कोरोना परिक्षण भएको थियो । पिसिआर र आरडिटी विधिबाट समेत गरि अहिलेसम्म बेलबारी नगरभित्रका ८० जनाको परिक्षण भैसकेको छ । सबैको रिपोर्ट नेगेटिभ देखिएको विश्वकर्माले जानकारी दिनुभएको छ ।