अनुपयुक्त वृद्धि रोक्न बेलबारीमा खाद्यवस्तुको मुल्यसुची सार्वजनिक, वढि मुल्य लिइए कारवाही हुने


बैशाख ६
जारी लकडाउनको अवधीमा दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन र मुल्य व्यवस्थित गर्दै एकरुपता कायम गर्न बेलबारी उद्योग वाणिज्य संघले मुल्यसुची सार्वजनिक गरेको छ । लकडाउनबाट सिर्जित अवस्थाको गलत फाइँदा उठाउँदै उपभोग्य बस्तुको कृत्रिम अभाव तथा बढि मुल्यमा बिक्रिविरण हुन सक्ने भएकाले त्यसलाई रोक्न मुल्यसुची सार्वजनिक गरिएको बाणिज्य संघ बेलबारीले जनाएको छ ।
केहि दिन देखी बेलवारी नगरपालीका क्षेत्र भित्रका खाद्य किराना पसलहरुमा उपमेयर ढाकाकुमारी पराजुली सहितको अनुगमन टोलीले पटक पटक अनुगमन गरिरहेको छ । शुक्रवार बेलवारी नगरपालिका र ईलाका प्रहरी कार्यलयसंग समन्वय गर्दै बेलवारी उद्योग वाणिज्य संघले बजार अनुगमन गरे पश्चात मुल्यमा एकरुपता ल्याउने निर्णय गरेको बेलवारी उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र प्रसाद सुवेदीले बताउनुभएको छ । फरक पसलमा फरक मुल्य रहँदा उपभोक्तालाई असजीलो भएको हुनाले उपभोक्ताको हितमा र व्यवसायीहरुलाई पनि विक्रिवितरण गर्न सजिलो होस् भनेर जिल्लामै पहिलो पटक मुल्यमा एकरुपता कायम गरिएको संघका बरिष्ठ उपाध्यक्ष राजेशजंग कार्कीले बताउनुभएको छ ।
लकडाउन अवधीमा कुनै पनि उपभोक्ताले महंगीको मार खेप्न नपरोस भनेर बेलवारी नगरपालीका, इलाका प्रहरी कार्यलय बेलबारी र बेलवारी उद्योग वाणिज्य संघको संयुक्त समन्वयमा खाद्य वस्तुको मुल्य निर्धारण गरेको संघले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
संघले जारी गरेको मुल्य सुची अनुसार कान्छी मन्सुली चामल(नयाँ)को मुल्य प्रतिकेजी ४० रुपैयाँ,कान्छी मन्सुली चामल(पुरानो) प्रतिकेजी ४२ रुपैयाँ,नुन प्रतिकेजी २२, चिनी प्रतिकेजी ८०,चिउरा प्रतिकेजी ६०,तोरी तेल आधालिटरको प्रतिपोका ९५,रिफायन तेल आधालिटरको प्रतिपोका ८०,मैदा प्रतिकेजी ६०,चना प्रतिकेजी ११०,हरियो मटर प्रतिकेजी १२२, भुजा प्रतिकेजी ८०,मुुसुरो दाल प्रतिकेजी १२० रुपैयाँ रहेको छ ।
सार्वजनिक गरिएको मुल्यसुची भन्दा बढि मुल्य लिइएमा त्यस्तो पसलको विषयमा तत्काल उद्योग वाणिज्य संघ , बेलवारी नगरपालीका वा इलाका प्रहरी कार्यलय बेलबारीमा खवर गर्न पनि अपिल गरिएको छ । तोकिएको मुल्य भन्दा बढि मुल्यमा बेचेको पाईएमा कानुन बमोजीम कार्वा्हि हुने संघले जानकारी समेत गराएको छ ।