नेविसंघ बेलबारी क्याम्पस समितिद्वारा पैदलयात्रीलाई खाजा वितरण


बैशाख ६
नेपाल विद्यार्थी संघको ५१ औ स्थापना दिवसको अवसरमा नेविसंघ बेलबारी बहुमुखी क्याम्पस ईकाई समितिले पैदलयात्रीहरुलाई पानी तथा खाद्य सामग्री वितरण गरेको छ । नेविसंघले बेलबारी स्थित भगवती मावि अगाडी पुर्वपश्चिम राजमार्गमा ती सामग्रीहरु वितरण गरेको हो । लकडाउनका कारण यातायातका साधन नपाएपछि अत्यावस्यक काममा पैदल हिँडेर गन्तव्य तर्पm लागेका व्यक्तिहरुलाई पानी, विस्कुट चाउचाउ वितरण गरिएको नेविसंघ बेलबारी बहुमुखी क्याम्पस इकाइका सियोम सुवेदीले जानकारी दिनुभएको छ । लकडाउनका कारण अलपत्र परेका र कुनै विकल्प नभएपछि पैदलयात्राबाट गन्तव्यतर्फ लागेकाहरुलाई राहत मिलोस भनेर आफ्नो संगठनको स्थापना दिवसमा सहयोग गरिएको सुवेदीले जानकारी दिनुभएको छ । कार्यक्रममा कांग्रेस महासमिति सदस्यहरु सुनिल शर्मा र ललित श्रेष्ठ,नेपाल महिला संघकी केन्द्रिय प्रतिनिधि सिता सुवेदी,नेविसंघ मोरङका सदस्य जनक पोख्रेल,नेविसंघ बेलबारी नगर सभापति सन्तोस भट्टराई,विद्यार्थी नेता विपिन आचार्य,तरुण दलका नेताहरु छत्र लिम्बु,विक्रम राई लगायतको उपस्थिति थियो ।