विपन्नलाई राहत बाँड्दा प्रहरी लाएर अवरोध गरिएको लक्ष्मीमार्गका युवा व्यवसायीहरुको आरोप


बैशाख २
निरन्तरको लकडाउनका कारण समस्यामा परेका बेलबारी ११ का ३७ घरधुरीलाई स्थानिय युवाहरुले मंगलबार राहत वितरण गरेका छन् । बेलबारी ११ कै दिनेश भण्डारीको आर्थिक योगदानमा बेलबारी ११ का १,२ र ३ टोलमा राहत वितरण गरिएको हो । राहत स्वरुप प्रतिपरिवार २० केजी चामल, १ लिटर तेल र १ केजी दाल वितरण गरिएको युवा व्यवसायी नुतन लिम्बुले जानकारी दिनुभएको छ । स्थानिय सरकारले वितरण गर्ने राहतका भरमा मात्रै विपन्न परिवारको विहान वेलुकीको छाक टार्ने वातावरण नबनेकाले खान पाउने नैसर्गिक अधिकारलाई सम्बोधन गर्न राहत वितरण गरिएपनि स्थानिय सकारका तर्फबाट प्रहरी खटाएर अवरोध सिर्जन गरिएको व्यवसायी नुतन लिम्बुले बताउनुभएको छ । मंगलबारको राहत वितरण कार्य साथै यसअघि आफुहरुले एक सय घरपरिवारलाई राहत वितरण गर्दासमेत अवरोध सिर्जना गर्न खोजिएको तर नेकपा निटकका व्यक्ति, समुह वा संगठनबाट हुने राहत वितरणलाई कुनै रोकतोक नगरिएको पनि लिम्बुले बताउनुभएको छ । स्थानिय व्यवसायी अजित अधिकारी लगायतको समुहले पनि १ सय विपन्न घरपरिवारलाई राहत वितरण गर्दा भने अवरोध नभएको लिम्बुको भनाई छ । बेलबारी वडानम्बर ११ का जनप्रतिनिधिले राजनितिक रुपमा पक्षपाती भएर कसैलाई राहत वितरण गर्न दिने र कसैलाई रोक्ने गर्दा राहतको आसामा बसेका ठुलो समुह मारमा परेको समेत लिम्बुले बताउनुभएको छ । एकद्वार प्रणालीका नाममा आफ्नो दलिय प्रभावमात्रै बढाउने, फरक दलिय समुहलाई असन्तुलित व्यवहार गर्ने र विपन्नलाई राहतबाट बञ्चित गर्ने कार्य भैरहे त्यसविरुद्ध उत्रिने समेत युवाहरुले बताएका छन् ।